एनसीसी बैंकद्वारा प्राविधिक शिक्षालयलाई ५ लाख सहयोग

काठमाडौं । एनसीसी बैंकले भक्तपुर, सानोठिमीस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई गत असार ३० गते सोमवार रू. ५ लाख सहयोग गरेको छ । प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुला मञ्चमा ट्रस्ट र छाना निर्माण गर्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।

उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सानोठिमी प्राविधिक शिक्षालयका लागि युसेप नेपालका कार्य समितिका उपाध्यक्ष पूर्णभद्र पौडेललाई हस्तान्तरण गरेका थिए । युसेपले न्यूनतम सुविधाबाट वञ्चित बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव …

प्रतिकृया दिनुहॊस