एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालले हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ । एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन् ।

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds