सिराहा ।सिराहमा अज्ञात समूहले चलाएको गोली चलाउँदा २ सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।गोली लागि प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श कुवर घाइते भएका छन् । मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ ।
सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।गोली कसले र किन चलाएको भन्ने खुलेको छैन । घाइते दुबैको कर्जन्हास्थित फूलकुमारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्नेहरु फरार भएकाले खोजी कार्य तीव्र बनाइएको छ ।

तपाईंको प्रतिकृया



