कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन

काठमाडौं । कुमारी बैंकले काठमाडौं उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ ।

सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष  अमिर प्रताप ज. ब. राणाज्यूले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गरे ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उ

क्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतिय उद्घाटन चाहिँ बैंकको केन्द्रिय कार्यलयबाटै सम्पन्न भएको हो ।

उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्र्शीएको छ । उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको कूल शाखा संजाल संख्या ९८ पुगेको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

)

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस