विषालु च्याउ खाँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

अछाम । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको ज्यान गएकाे छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । अछामको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको ज्यान गएकाे हो ।

आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए ।

जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस