बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौँ । अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ। प्रहरीका अनुसार सोमबार बिहानसम्म ६५ जनाको मृत्यु भइसकेको छ। ३० जना अझै बेपत्ता छन्।

मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्। ३८ जना घाइते भएका छन्। हालसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार उपत्यकामा हालसम्म ८ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा ३ र ललितपुरमा ५ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा २० जनाको मृत्यु भएको छ। जसमा भोजपुरमा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ। यस्तै, ओखलढुङ्गामा पहिरोमा ४ जनाको मृत्यु भएको छ।

प्रदेश २ मा १८ जनाको मृत्यु भएको छ। प्रदेश २ मा रौतहमा ५ तथा सिराहामा ४ जनाको मृत्यु भएको छ।

उपत्यकाबाहेक प्रदेश ३ मा १५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा पाल्पा र दाङमा एक÷एक जना गरी दुईको मृत्यु भएको छ। कर्णालीमा बाढीमा परेर दुई जनाको ज्यान गएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस