अपडेट :बाढी, पहिरो र डुबानमा परी हालसम्म ५० को निधन कहाँ के भयो ?

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ५०  पुगेको छ ।  प्रहरीका अनुसार  बाढी पहिरोमा परी काठमाडौंमा ३, ललितपुरमा र भोजपुरमा ५/५, ओखलढुंगामा ४, मकवानपुर, बारा, धनुषा र डोल्पामा २/२ ईलाम,खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३, धादिङ, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१  गरी ५० को निधन भएको हो । निधन हुनेमध्ये २२ महिला २८ पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५, ललितपुरमा ८, उदयपुर १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिराहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ गरी जम्मा १ हजार १ सय ४ को सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ११, सिन्धुलीमा ६, इलाम र मोरङमा ३/३ तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, उदयपुर, र धादिङमा १/१ जना गरी ३५ वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

मकवानपुरमा ४, ललितपुर र धनकुटामा ३/३, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा २५ घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना …

प्रतिकृया दिनुहॊस