सांग्रिला डेभलपमेन्ट बैंकद्धारा विद्यार्थीलाई आर्थिक सहयोग

काठमाडाैँ ।  सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ । विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले बैंकले सहयोग गरेको हो ।

जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका छन् । उक्त आर्थिक सहयोगले उनको पढाईमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री