आगामी वर्षको एसईईकाे परीक्षा र नतिजा प्रकाशन प्रदेशबाटै

काठमाडौं ।   कक्षा १० को एसईई परीक्षा अागामी बर्षदेखि प्रादेशिक स्तरमै सञ्चालन गरीने भएकाे छ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले तयारी गरिरहेको जनाएको छ ।परीक्षा संचालन, नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मेवारी प्रादेशिक संरचना बनाएर सोही निकायलाई सुम्पिने तयारी गरेको हो ।

२०७५ चैतमा हुने एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी भइरहेको बोर्डले जनाएको छ । प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, ३ मा काठमाडौं, ४ मा पोखरा, ५ मा कोहलपुर, ६ मा सुर्खेत र ७ मा धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।  प्रदेश ६ मा भने बोर्डको कार्यालय नभएकोले त्यहाँ नयाँ कार्यालय स्थापना हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ को मतगणना ११ बजेपछि गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । इलाम-२ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेपछि …

प्रतिकृया दिनुहॊस