त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास हुँदै, ३० मिनेट उडान-अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसो ‘विमानस्थल संकटकालीन’ अभ्यास हुने भएको छ। हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा यस्तो अभ्यास हुन लागेको हो।

विमानस्थल कार्यालयले प्रत्येक दुई वर्षमा आपतकालीन उद्धारको अभ्यास गर्ने गरेको छ। यस अभ्यासमा विमानस्थल कार्यालयले नेपाल एयरलान्सको पुरानो काम नलाग्ने जहाज प्रयोग गर्दैछ। जहाज सँगसँगै ‘डमी’ यात्रुसमेत बनाएर आपतकालीन उद्धारको अभ्यास गर्न लागको विमानस्थल कार्यालका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

विमानस्थल कार्यालयले अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि गर्ने आपतकालीनसमयमा गरिने  ‘पूर्णकालीन अभ्यास’ गर्नेछ।अभ्यासको क्रममा कुनै एक डमी जहाजमा बम रहेको परिकल्पना गरिनेछ। यसको प्रमुख उद्देश्य संकटको अवस्थामा विभिन्न सरोकार राख्ने निकायबीचको सहयोग अभिवृद्धि गराउने क्षेत्रीले बताए।

सहभागी निकायको भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी त्यस्तो अवस्थाको सामना गर्न सक्ने क्षमतामा अभिवृद्धि यस्तो अभ्यासले गराउने उनी बताउँछन्। बम थ्रेटको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थल छिट्टो भन्दा छिटो कसरी सुचारु गर्ने भने विषय अभ्यासमा समेटिनेछ।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एक्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको  देख्न सकिने विमानस्थल कार्यालयले जनाएको छ। यो अभ्यास दिउँसो ३:१० बाट सुरु भई ३:४० सम्म चल्नेछ। जसका कारण विमानस्थलको उडान तथा अवरतण करिब ३० मिनेट प्रभावित हुने सक्ने पनि कार्यालयले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री