अब खाता खोल्न बैंक जान नपर्ने, एनआईसी एशिया बैंकले संचालनमा ल्यायो

काठमाडौं ।एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एशिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ ।

देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले उक्त बचत खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गएर तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने छ ।

यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ ।

यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

यस बैंकले हाल देशभर रहेकाआफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी एइक् मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस