काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही गर्न थालेको छ ।
प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले धेरै धुवाँ निकाल्दै हिँड्ने सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । असोज ३१ गतेदेखि हालसम्म ४५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नर्भका आठ र बढी धुवाँ फाल्ने १२५ सवारी साधन छन् ।
तपाईंको प्रतिकृया



