ट्याक्सीभित्र शव फेला

काठमाडौं ।सानोथिमिस्थित मनोहरा खोला नजिक ट्याक्सीभित्र  एक व्यक्तिको हत्या गरेको अवस्थामा शव फेला परेको छ । दिब्यश्वरी प्लानिङको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीभित्र सर्लाही घुर्कौली घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको हो ।

खड्काको शव ट्याक्सीको पछाडि सिटमा फेला परेको हो ।खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ । खड्काको अनुहारमा ढुंगाले हानेको जस्तो देखिएको प्रहरीको अनुमान  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री