शकिबकाे शतकमा बंगलादेशको शानदार जित

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजलाई पराजित गरेको छ । टाउनटनमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको हो  ।

कोपर एसोसियट्स काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहदै १२४ रनको शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १६ चौका प्रहार गरे । शकिबको यो जारी विश्वकपमा दोस्रो शतक हो ।

यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास ९४ रनमा अविजित रहे ।  तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए ।  वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै कप्तान जासन होल्डरले ३३ रनको आक्रामक पाली खेल्दा क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न सकेनन् ।

निकोलस पुरनले २५ तथा डरेन ब्राभोले १९ रन बनाए। बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३/३ विकेट हात पारे । यस्तै शाकिब अल हसन २ विकेट लिए । वेष्ट इण्डिजलाई हराएसंगै बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ । बंगलादेशले पनि ५ खेलबाट ५ अंक जोडेको छ । बंगलादेश पाँचौ स्थानमा समेत उक्लिएको छ ।

पराजित वेष्ट इण्डिजले ५ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजको यो तेस्रो हार हो । वेष्ट इण्डिज सातौं स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस