काठमाडौंको सडकको खाल्डा पुर्दै महानगर

काठमाडौं । वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

अहिले नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको  प्रमुख शाक्यले जानकारी दिए । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

रु ८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने  छ ।कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न शुरु गर्ने योजना रहेको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप