काठमाडौं । सनराइज बैंकले २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले तनहुँ जिल्लाको व्यास नगरपालिका–९ गजौडे रउदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६, जलजले बजारमा सुरुवात गरेको जनाएको छ ।
व्यास नगरपालिका–९ का अध्यक्षसुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले एक समारोहकाबीच गजौडेमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए ।
साथै बैंकले ३५ औं शाखारहित बैंकिङ सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्रभगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रूपमा उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहॊस