इंग्ल्याण्ड र इटाली अन्तिम १६ मा, हार्‍यो अर्जेन्टिना

काठमाडाैँ । इंग्ल्याण्ड र इटालीले फ्रान्समा जारी महिला विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरण अन्तर्गत शुक्रबार राति भएका खेलमा जित निकाल्दै दुवै टिमले नकआउट चरणमा स्थान बनाएका हुन् ।

समूह डी अन्तर्गतको खेलमा इंग्ल्याण्डले अर्जेन्टिनालाई १–० ले हरायो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा इंग्ल्याण्डका लागि ६१ औँ मिनेटमा जोडी टाइलरले गोल गरिन् । उनले पछिल्लो १४ महिनामा पहिलो गोल गरेकी हुन् ।

यसअघि पहिलो हाफमा इंग्ल्याण्डकी निकिता पार्रिस पेनाल्टीमा चुकेकी थिइन् । उनको प्रहार अर्जेन्टिनाकी गोल रक्षक भानिना कोरियाले सुन्दर बचाउ गरिन् ।

इंग्ल्याण्डको यो लगातार दोस्रो जित हो । अर्जेन्टिनाले भने जित निकाल्न सकेको छैन, उसले पहिलो खेलमा बराबरी गरेको थियो । समूह डी अन्तर्गत नै भएको खेलमा जापानले स्कटल्याण्डलाई २–१ ले हरायो । चार अंकसहित जापान समूहको दोस्रो स्थानमा छ ।

यस्तै समूह सी बाट इटालीले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा उसले जमैकालाई ५–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको इटालीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

उसका लागि क्रिष्टिएना गिरेलीले ह्याट्रिक गरिन् । यस्तै एउरोरा गालीले दुई गोल गरेर टिमलाई ५–० को जित दिलाएकी हुन् । लगातार दुई जित निकालेको इटालीको ६ अंक भएको छ । तीन अंकसहित ब्राजिल दोस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस