अब पाकिस्तानविरुद्धको खेलमा केन्द्रित : कोहली

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलका लागि केन्द्रित हुने बताएका छन् ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत न्युजिल्याण्डविरुद्धको खेलमा अंक बाँडेपछि बोल्दै कप्तान कोहलीले अब पाकिस्तानसंगको खेलका लागि टिमले तयारी गर्ने बताए ।

नटिङगमा बिहिबार बर्षाको कारण भारत र न्युजिल्याण्डबीचको खेल टस समेत नभई रद्द भएको थियो ।  खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक पाएका छन् ।

‘यो उत्साह पैदा गर्ने अवसर हो । यो विश्वभरको मार्की इभेन्ट्स हो,’ कप्तान कोहलीले भने, ‘हामी त्यो खेलका लागि तयार छौं । यस्ता ठुलो खेलमा दबाब हुन्छ । तर, तपाई मैदानमा प्रवेश गर्दा शान्त र आराम हुनेछ।’

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल निकै चर्चाको बिषय बन्छ । दुई देशको राजनीतिक द्वन्दको कारणले क्रिकेट चर्चामा रहने गर्छ । र, विश्वकप अन्तर्गत भारत र पाकिस्तानले आइतबार ओल्ड ट्राफोर्डमा प्रतिस्पर्धा गर्नेछ ।  यस्तै कप्तान कोहलीले आफुहरु राम्रो क्रिकेट खेलिरहेको कारण पाकिस्तानसंग खेलका लागि चिन्तित नभएको बताए ।

‘हामीले दुई जित निकालेका छौँ । जसले हामीलाई थप आत्मविश्वासी बनाएको छ । हामीले राम्रो क्रकेट खेलिरहेका छौं । त्यसैले हामी चिन्तित छैनौं,’ कप्तान कोहलीले थपे । जारी विश्वकपमा भारतले ३ खेलमा ५ अंक जोडेको छ । पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ ।

दुईबीचको पछिल्लो दुई भेटमा भारतले जित निकालेको छ । तर, सन् २०१७ मा पाकिस्तानले भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी जितेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds