डोटी । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा ३को घटनास्थलमै मृत्यु भएको छ भने अन्य ८ घाइते भएका छन् ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
तपाईंको प्रतिकृया



