चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

तनहुँ । भानु नगरपालिका–२ भकुणडोथोकमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।  मृत्यु हुनेमा नौ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आफ्नै घरमा खेलिरहेका बेला पुष्पालाई चितुवाले आक्रमण गरेको बताइएको छ।

बालिकाका शव घरबाट ५०० मिटर टाढा खरबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार पुष्पाको घाँटीमा चिथोरेको डाम छ। बालिकाको शरीरको अन्य भागमा भने क्षति पुगेको छैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस