काठमाडाैँ । महिला विश्वक फुटबल प्रतियोगिता फ्रान्समा सुरु भएको छ । आयोजक फ्रान्सले शानदार जितसहित प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
समूह ए अन्तर्गत शुक्रबार राति भएको उद्घाटन खेलमा फ्रान्सले दक्षिण कोरियामाथि ४–० को जित निकालेको हो । पहिलो हाफमा तीन गोल गरेको फ्रान्सले दोस्रो हाफमा एक गोल थप गरेको हो ।
उसका लागि वेन्डी रेनार्डले ३५ र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गरी दुई गोल गरिन् । त्यसअघि युजिन ली जोमारले नवौँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएकी थिइन् । फ्रान्सका लागि ८५ औँ मिनेटमा एमडिन हेन्रीले चौथो गोल गरेकी हुन् ।
फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ र उसले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेर त्यसमा आश थप जगाएको छ । प्रयोगितामा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।
प्रतिकृया दिनुहॊस