काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मोरङको पथरीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले गरेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
तपाईंको प्रतिकृया




