सानिमा बैंकले ल्यायो बचत खातामा ६ घातक रोगको बीमा योजना

काठमाडाैँ । सानिमा बैंकले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी Metlife सँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकहरुका लागि बीमा योजना ल्याएको छ । यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा रु २५००० को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।

यस योजना अन्तर्गत नयाँ ग्राहकहरुले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्नेछ भने पुराना ग्राहकहरुले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गरि बीमा योजनाको आवेदन दिन सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा ए.टि.एम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री