कुमारी बैंकले बोलायो विशेष साधारण सभा, यस्तो छ एजेन्डा

काठमाडौं । कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ । बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
विशेष साधारण सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे सुरु हुनेछ । सभा गर्न जेठ २० गते बुक क्लोज गर्ने भएको छ । जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
कुमारीले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१.२५% बोनस प्रस्ताव पारित गरेको थियो । उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२.७५% र आव २०७४.७५ को नाफाबाट ८.५०% का दरले बोनस दिएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप