नयाँ अध्ययनले भन्यो– भात खाँदा तौल घट्छ !

काठमाडौं । जापानमा गरिएको एक सर्वेक्षणले भात खाँदा मानिसको तौल घट्ने देखाएको छ । यो सर्वेक्षण १३६ देशका मानिसमा गरिएको थियो । ती मानिसको भात खाने चलन तथा क्यालोरी इनटेकलाई दृष्टिगत गर्दै सर्वेक्षण गरिएको थियो । त्यसमा हरेक मुलुकका क्यान्डिडेटको बीएमआई (बडी, मास इन्डेक्स)को डाटालाई पनि हेरिएको थियो ।

सर्वेक्षणका लिड रिसर्चर प्रोफेसर टोमोको भन्छिन्, ‘‘अध्ययनबाट के देखियो भने, जुन देशमा भात मुख्य भोजनका रुपमा खाइन्छ त्यहाँ मोटा मानिस कम भेटिए । पश्चिमी मुलुक जहाँ भात निकै कम खाइन्छ, त्यहाँ मोटा मानिस बढी भेटिए ।’’

उनका अनुसार चामलमा फ्याट कम हुने हुनाले पनि यसको सेवनले मोटोपना बढाउँदैन । यसमा पर्याप्त मात्रामा पोषक तत्व पनि हुन्छ । भात खाएपछि लामो समयसम्म भोक लाग्दैन । यसकारण भात खानेहरु ‘ओभरइटिङ’को समस्याबाट पनि मुक्त हुन्छन् । जब ‘ओभरइटिङ’ बाट मानिस मुक्त हुन्छन् तब तौल त घट्ने नै भयो ।

भात खाँदा बढी मोटाउने र रोटी खाँदा शरीर कम तौलको हुने बुझाइ नेपालमा पनि आम बन्दै गएको छ । नेपालमा भात खाने चलन बढी नै छ, पछिल्लो समय मानिसहरुमा मोटोपनको समस्या बढ्न थालेपछि भात छाडेर रोटी खाने चलनमा वृद्धि भएको देखिन्छ ।

भाता नखाई चित्त नबुझ्नेका निम्ति यो पक्कै पनि खुसीको खबर हुनुपर्छ । त्यसो त भातबाहेक अन्य खानेकुरामा कतिपय नेपालीको ध्यान कम जान्छ । भातलाई मात्र खाद्य मान्ने जमात पनि यहाँ ठूलो छ । तर भातले शरीर वृद्धि भइरहेको भन्ने बुझाइ गलत रहेको तथ्य पछिल्लो समय जापानमा गरिएको यस सर्वेक्षणले देखाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after