काठमाडाैँ । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो ।
गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाँइले लेखेकी छिन् ।
प्रतिकृया दिनुहॊस