कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउमा मिसिने

काठमाडाैँ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउ मिसन डेभलपमेन्टमा मिसिने भएको छ।

जसकारण कम्युनिटीको सेयर कारोबार रोक्का भएको छ।तिनाउ मिसन डेभलपमेन्टले कम्युनिटीलाई प्राप्ति गर्ने भएको हो।

यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज प्रक्रियामा छन्। यी तीनैको मर्ज तथा एक्वीजिसनपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक नाम रहने भएको छ।

कम्युनिटी र तिनाउको एक्वीजिसन समझदारी पत्रमा तिनाउ विकास बैंकका अध्यक्ष राजेन्द्र प्रसाद ओझा, मिसन डेभलपमेन्टका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटीका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरे।मर्ज तथा एक्वीजिसनपछि बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख र शाखा कार्यालयहरु ६० वटा पुग्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस