दोलखा । दोलखाको जिरी नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नं ४ स्थित सियूरानी की ५९ बर्षीया लक्ष्मी नेपाली मृत अबस्थामा फेला परेकी हुन् ।
घरबाट करिब सय मिटर टाढा आफन्तमा दिवाली खाना गएकी उक्त महिलाको शब सोमबार दिउँसो फेला पारेको दोलखाका प्रहरी प्रमुख डिएसी बासुदेव पाठकले बताए ।
मदिरा सेवनको कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ । उनको शब पोष्मार्टमको लागि जिल्ला अस्पताल जिरीमा राखेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
तपाईंको प्रतिकृया




