देशभरका पत्रकारहरु आन्दोलित

काठमाडौं ।  सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको देशभरका पत्रकार तथा सञ्चारकर्मीले विरोध जनाएका छन्  उनीहरुको एउटा मात्र माग हो, ‘हामीलाई स्वतन्त्रतापूर्वक लेख्ने देऊ ।’ सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र प्रेस स्वतन्त्रता विरोधी कानूनविरुद्ध उनीहरुले आन्दोलन थालेका हुन् ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकार आन्दोलनमा छन् । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका हुन् ।पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले मुखमा कालोपट्टीले बाँधेका थिए ।पत्रकारहरुले मिडिया काउन्सिल विधेयकसँगै प्रेस स्वतन्त्रताविरुद्धका कानूनहरु पनि खारेज गर्न माग गरेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा …

प्रतिकृया दिनुहॊस