एभरेष्ट बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ ।  बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ ।

एभरेष्ट बैंकले मेयर राजन राज पन्त, वडा अध्यक्ष कुलबहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेन तथा अन्य विशिष्ट अतिथिहरुको संयूक्त उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो ।

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस