माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुपन्देहीमा

काठमाडौं ।  माछापुच्छ्रे बैंकले  रुपन्देहीमा शाखा रहित बैंकिङ्ग  सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको  छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड तुरुन्त उपलब्ध गराएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकमा भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट

काठमाडाैं । एन आई सी एशिया बैंकले २०८० चैत मसान्त सम्मका भाखा नाघेका ऋणीले सम्पूर्ण …

प्रतिकृया दिनुहॊस