काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड तुरुन्त उपलब्ध गराएको छ ।
प्रतिकृया दिनुहॊस