h'Dnfsf] u'7Lrf}/ ufpFkflnsf – @ ;fw]kfgL l:yt Plss[t 3'DtL ;]jfdf zlgaf/ &% aifL{of t'ysnL a:g]tnfO{ klxnf] k6s g]kfnL gful/stf x:tfGt/0f ub{} k|d'v lhNnf clwsf/L b'uf{ a~hf8] . t:jL/ dfgbTt /fjn, /f;;, h'Dnf

७५ वर्षमा नागरिकता पाउँदा दंग

खलंगा । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की वृद्धा तुथकली बस्नेतले ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।

सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले सो प्रमाणपत्र बनाएकी हुन्। वृद्धा बस्नेतले २००१ बैसाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाएकी थिइनन्। ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनले बताइन्।

त्यसैगरी गुठीचौर गाउँपालिका–२ की चाउली बोहोराले ५३ वर्षको उमेर नागरिकता पाउँदा खुसी हुँदै भनिन्, ‘यहाँको मान्छेको सरदर आयु ६० वर्ष हो, नागरिकताको प्रमाणपत्र नपाउँदै मर्छु कि भन्ने चिन्ता थियो, ५३ वर्षको उमेरमा आएर नागरिकता पाउँदा खुसी लागेको छ।

त्यसैगरी सुत्केरी दिलमाया गिरीले पनि नागरिकता प्राप्त गरिन्।

शिविरमा २० देखि ७५ वर्ष उमेर समूहका ४१ महिला र ५१ पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका बासिन्दाले  सो प्रमाणपत्रको अभावमा राज्यबाट उपलब्ध गराउने  सेवा तथा सुविधाबाट वञ्चित हुन नपरोस् भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको हाे।

आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उनको भनाइ थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भोजपुरमा बोलेरो भीरबाट खस्दा दुई युवतीको मृत्यु

काठमाडौं । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने १२ घाइते छन् …

प्रतिकृया दिनुहॊस