अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’

‘मिस नेपाल वर्ल्ड–२०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वल्र्ड को उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले पाइन्।

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो भने  ‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस