काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा रहेको ८८ करोड ८० लाखको नाफाको आकारलाई चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब १६ करोड पुर्याएको हो । बैंकले चैत मसान्तसम्म ६१ अर्ब ४६ करोड रुपैंया निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड कर्जा प्रवाह गरेको एनसीसी बैंकको कुल चुक्ता पुँजी ८ अर्ब पुगेको रिपोर्टमा देखाइएको छ ।
बैंकको उक्त आकारको नाफा विस्तारमा बैंकको बढेको ब्याज आम्दानी प्रमुख कारकको रुपमा छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड रहेको बैंकको उक्त आम्दानी यो वर्ष बढेर २ अर्ब २३ करोड पुगेको हो ।
बैंकको बेसरेट १०.८६ प्रतिशत र कस्ट अफ फण्ड ७.९४ प्रतिशत छ । ३.९७ प्रतिशतको निष्क्रिय कर्जा अनुपात ३.९७ प्रतिशतबाट ३.२६ प्रतिशतमा घट्दा बैंकको लोनलस प्रोभिजन ९३.३१ प्रतिशतबाट बढेर १२१.१८ प्रतिशत पुगेको छ, निष्क्रिय कर्जा घट्नु र यो प्रोभिजन बढ्नुले बैंकको गुणात्मक सुधारको संकेत गर्छ । यद्यपि बैंकले ब्याजको स्प्रेडदरमा अपेक्षित सुधार गर्न सकेको छैन । चैत मसान्तको रिपोर्टका आधारमा बैंकको स्प्रेडदर ३.१७ प्रतिशत छ ।
प्रतिकृया दिनुहॊस