म्यानचेस्टर सिटीले नेपोलीलाई हरायो

युइएफा च्याम्पियन्स लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा म्यानचेस्टर सिटीले नेपोलीलाई २-१ ले पराजित गरेको छ । मंगलबारको खेलमा सिटीले खेलको सुरुआती १३ मिनेटमै २-० को अग्रता लिएको थियो ।

फर्ममा रहेको सिटीका लागि रहिम स्टरलिङ र ग्याब्रियल जेससले गोल गरेका थिए । पहिलो हाफमा गोल अन्तर घटाउने मौका पाएपनि ड्रिज मर्टेन्सले पेनाल्टी सदुपयोग गर्न सकेनन । दोस्रो हाफमा डीआवाराले अर्को पेनाल्टीमा गोल गरेपछि खेलमा नेपालीको सम्भावना बढेको थियो । तर थप गोल हुन् नसक्दा नेपोलीले पहिलो हार बेहोर्‍यो ।

समुह ‘एफ’कै अर्को खेलमा शाख्तर डोनेस्कले फेयेनुर्डको मैदानमा पुनरागमन गर्दै जित हासिल गर्यो । स्टिभन बर्गुसले फेयेनुर्डलाई अग्रता दिलाएपनि बर्नार्डले दुवै हाफमा  एक/एक गोल गर्दै टोलीलाई जित दिलाए ।

यसैगरी समूह ‘जी’ मा आरबी लाइप्जिगले पोर्टोलाई ३-२ ले पराजित गर्दा बेसिक्टासले मोनाकोमा २-१ को जित हासिल गर्‍यो ।

 

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस