कृषि विकास बैंककाे नाफा २२१ कराेड

काठमाडौं । अघिल्लो वर्षमा अत्याधिक रहेको कर्मचारी खर्चमा सुधार ल्याउँदा बहुसंख्यक सरकारी लगानी रहेको कृषि विकास बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ ।

अघिल्लो वर्षको ९ महिनामा कमाएको १ अर्ब ७९ करोड रुपैंयाका अबस्थालाई बढाएर बैंकले २ अर्ब २१ करोड रुपैंया नाफा पुर्याएको हो । यो करिब २३ प्रतिशतको वृद्धि हो ।

बैंकले एक वर्षको अवधिमा निक्षेप ८ अर्बले बढाएर १ खर्ब १२ अर्ब तथा कर्जा लगानी करिब १० अर्बले बढाएर १ खर्ब १० अर्ब पुर्याएको छ । ६ प्रतिशत लाभांशको ६ अर्ब अग्राधिकार शेयर भएको कृषि विकास बैंक लिमिटेडले कर्मचारी खर्चमा अघिल्लो वर्षको करिब १९ करोडले कमी ल्याई २ अर्ब ५३ करोडबाट २ अर्ब ३४ करोडमा झारेको छ । ब्याज आम्दानीमा भने बैंकले ४ अर्ब ४१ करोड रुपैंयाबाट बढाएर ५ अर्ब ३० करोड पुर्याएको छ ।

अघिल्लो वर्षको तुलनामा कस्ट अफ फण्ड बढेर ७.१५ प्रतिशतबाट ७.३६ बढ्दा पनि बैंकले आधार ब्याजदर १२.७२ प्रतिशतबाट ११.१६ प्रतिशतमा झारेको छ । बैंकको ब्याजको स्प्रेडदर ७.६१ प्रतिशतबाट ५.२० प्रतिशतमा झारे पनि यो पर्याप्त भने होइन । बैंकले असार मसान्तसम्म यो दरलाई ४.५ प्रतिशतमा झार्नेपर्ने हुन्छ । बैंकको निष्क्रिय कर्जा अनुपात ५.९८ प्रतिशतबाछ ४.२२ प्रतिशतमा झरेको छ तर लोन लस प्रोभिजन अघिल्लो वर्ष १२८ प्रतिशतबाट घटेर ८५ प्रतिशतमा झरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस