प्रेम सञ्जेलले गरे प्रभु बैंकले सञ्चालनमा ल्याएको एक्सटेन्सन काउन्टरको उद्घाटन

काठमाडौं । प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित तिनपैनीमा रहेको श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

उक्त काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयकाप्रमुख प्रेम प्रसाद संजेलले गरेका थिए ।

यस कार्यबाट वैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्नेविश्वास यस बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री