रामचन्द्र र अनिताकाे स्वरमा ‘तम्राइ रुपले’ (भिडियो)

काठमाडौं । रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक  भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन्।

म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए।

म्युजिजक भिडियोमा शंकरकासाथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर भएका छन्। शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमा दुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ।

मालश्री रेकर्डिङ स्टुडियो रेकर्ड भएको गीतलाई अनिता चलाउनेले प्रस्तुत गरेकी हुन्।

https://www.youtube.com/watch?v=IVegsIql_3g

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री