काठमाडाैँ । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर शनिबार १८ वर्षीय किशाेरी सुष्मा राईको मृत्यु भएकाे छ । दाउरा टिप्ने क्रममा रुखले किच्दा उनकाे मृत्यु भएको हो ।
दाउरा टिप्न गएको समयमा साेही वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
तपाईंको प्रतिकृया




