नेकपा सांसदलाई नीति तथा कार्यक्रममाथिको छलफलमा रोक

काठमाडाैँ । नेकपाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन सांसदहरुलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका नेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरुलाई छलफलमा रोक लागएका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्।

संसदीय दलको शनिबारको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनु पर्ने माग गरेका थिए।

संसदमा उठेका प्रश्नको जबाफ सरकारका तर्फबाट दिनुपर्ने माग उनीहरुको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्।

नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री