धुलिखेलमा महालक्ष्मी लाईफ र ज्योति सहकारीद्वारा बिमा जनचेतना

धुलिखेल । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्थाद्वारा यहि वैशाख १८ गते धुलिखेलमा बिमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमा ज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालले जानकारी गराएका थिए।

दोस्रो सेसनमा बिमाको अवधारणा, बिमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी, महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस

This will auto close after