काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लु देखिएको छ। उक्त बर्डफ्लु (एच फाइभ एन वान) कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ। नेपालमा पहिलोपटक मानिसमा बर्ड फ्लु पुष्टि भएको हो । ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पतालपुगेपछि स्वास्थ्य जाँच पश्चात उनको र्यालको परीक्षणका संकलन गरिएको थियो।
त्यसपछि उक्त र्याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।
त्यसपछि मृतकको र्यालको नमूना परीक्षणका लागि जापान पठाइएको थियो। । उक्त नमुनाको परीक्षणको नतिजा बैसाख १७ गते नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो। भने मृतकको नाम खुलाइएको छैन।




