ग्लोबल आइएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडाैँ । ग्लोबल आइएमई बैंकको खुद नाफा ३२ प्रतिशतले बढेको छ। सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले ९ महिनामा १ अर्ब ८७ करोड खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ४१ करोड थियो।

व्यवसाय विस्तारसँगै बैंकको नाफा बढेको हो। बैंकले चैत मसान्तसम्म १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो।

त्यस्तै १ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाह भने १५ अर्बले बढेको हो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ छ। सिसिडी रेसियो ७८ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी एक वर्षमा २१ रुपैयाँबाट बढेर २४ रुपैयाँ पुगेको छ। प्रतिसेयर खुद सम्पत्ति मूल्य १४९ रुपैयाँ छ।

बैंकको चुक्ता पुँजी १० अर्ब पुगेको छ। गत आर्थिक वर्षको खुद नाफाबाट बैंकले १६ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो। ५ अर्ब १२ करोड रुपैयाँ बराबरको जगेडा कोष छ। बैंकले निश्क्रिय कर्जामा व्यापक सुधार गरेको छ। गत वर्ष १. २९ प्रतिशत रहेको निश्क्रिय कर्जा अहिले ०. ७६ प्रतिशतमा झरेको छ।

सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात (पिइ रेसियो) १२ का आधारमा बैंकको सेयर मूल्य अन्यको भन्दा सस्तो देखिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको साधारणसभा तय

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो बार्षिक साधारण सभाको मिति यहि मङ्सिर २७ गतेलाई तय …

प्रतिकृया दिनुहॊस