रिलायबल नेपाल लाइफ र नेपाल बैंकबीच सम्झौता

काठमाडाैँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडकाबीच बिमासम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेक थिए ।

सम्झौतापश्चात् नेपाल बैंक लिमिटेडका सबै शाखाहरूबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका जीवन बिमा योजनाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री