काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८४ रनको पराजय ब्यहोरेको छ । हङकङमा पहिलो पटक खेलिरहेको नेपाली टोलीको ब्याटिङ फेरि एक पटक असफल रहृयो । हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४।५ ओभरमा १११ रन बनाउँदै अल आउट भएको हो । हङकङले ५० ओभरमा अलआउट हुँदै १९४ बनाएको थियो ।
तपाईंको प्रतिकृया




