भार्गव विकास बैंकको नाफा ९५%ले बढयो

काठमाडौं । भार्गव विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा चालू आवको तेस्रो त्रैमासमा ९५ प्रतिशतले बढेको छ । गत आवमा रू. २ करोड ६७ लाख आर्जन गरेको नाफा चालू आवमा रू. ५ करोड २२ लाख कमाएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन मुनाफा ७२ प्रतिशतले बढाएपछि नाफा बढेको हो । गत आवमा रू. ७ करोड ५ लाख रहेको खुद व्याज आम्दानी चालू आवमा रू. १२ करोड १२ लाख पुगेको छभने सञ्चालन मुनाफा गत आवमा रू. ४ करोड १९ लाख रहेको थियोभने चालू आवमा रू. ७ करोड २२ लाख पुगेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी रू. ५० करोड १६ लाख पुगेको छ । गत आवको सोही अवधिमा रू. ३९ करोड ९८ लाख रहेको थियो । कम्पनीले जगेडा कोषमा रू. १३ करोड ५२ लाख जम्मा गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. २ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ७६ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १३ दशमलव ८९ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds