नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडाैँ । नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । यी दुई कम्पनीबीच बीमा सेवामा सहकार्य सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण वावु लोहनीले सयुक्त रुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार नेपाल बैंकले देशका ६१ जिल्लामा फैलिएका १ सय ६१ शाखा कार्यालय मार्फत रिलायबल लाईफ इन्स्योरेन्सकोले जारी गर्ने विभिन्न १२ प्रकारका बीमा प्रलेखको विक्रि,नविकरण,प्रिमियमको कारोवार,वीमाको दावी भुक्तानी लगायतका सेवा उपलव्ध गराउने छ ।

उक्त सम्झौताबाट देशमा वीमा पहुंच बृध्दि हुने ,वीमा प्रिमियमको आधारमा बैकिंग निक्षेप सिर्जना भई थप पुँजी निर्माण हुने ,यसरी सिर्जित पुंजी वित्तिय वजारमा प्रवाहित भई समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds