काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमारको शव आज परिवारले बुझ्ने भएको छ । सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली हानेका थिए।
परिवारका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि गौचनको शव बुझ्न लागिएको हो ।
अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहॊस