एट्लान्टा कोपा इटालियाको फाइनलमा

एजेन्सी । एट्लान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को जितसहित एट्लान्टा उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लान्टालाई जित दिलाउन जोसिप इलिसिच र पापु गोमेजले एक एक गोल गरे । फियोरेन्टिनाका लुइस मुरिअलले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता फियोरेन्टिनाले बनाएको थियो । खेलको तेस्रो मिनेटमा मुरिअलले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाए  ।

तर, खेलको १४ औं मिनेटमा जोसिपले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ६९ औं मिनेटमा पापुले गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए ।

यसअघि दुई टोलीबीचको सेमिफाइनलको पहिलो लेग ३-३ गोलको बराबरीमा सकिएको थियो ।

अब एट्लान्टाले उपाधिका लागि लाजियोसंग खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री